हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

क्याफेमा साकेला, रमितेको भिड

ललितपुर । खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थियो । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ ।

साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो । शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हो ।’

राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आइरहनुभएको छ । पहिले साकेला नाच्नेहरु थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन । उहाँले भन्नुभयो । उहाँका अनुसार उभौली र उधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर, व्यापारका लागि नगरेको साथीभाईसँगै रमाइलो गर्दै कला र सँस्कृति जोगाउन साकेला नाच सुरु गरेको हो ।

उभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँनुहन्छ । उहाँका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उधौली सुरु हुन्छ ।

०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्नुहुन्छ,‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’ साकेला नाच्नेमा वृद्धवृद्धभन्दा तन्नेरीहररू ज्यादा थिए । डम्फु बचाएर कम्मर कर्माउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहररु नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।

फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँनुहन्छ । उहाँका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान,घाँटी, कपाल र गलामा छपप्कै छोपिनेगरि सुनका गहना लागइन्यो ।

तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुसालाई अंगाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्नुहुन्छ, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ३१ बजे