संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई  जानकारी दिएका छन् ।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त  भएपछि तुरुन्तै सो निर्णय भएको  प्रवक्ताले उल्लेख गरेका छन् । 

विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ३० बजे