खेतमा हाल्न मल छैन, किसानलाई पेन्सन ? बजेट पुरै हावादारी : हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रम  हावादारी भएको बताउनु भएको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्नुहुँदै उहाँले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको यस्तो कार्यक्रम पुरै ‘हावादारी’ भएको बताउनुभयो । 

‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ।’ उहाँले प्रश्न भन्नुभयो, ‘यदि कृषि उपजको बिमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडिलाटी हुन्छ ? अर्थ मन्त्रालयले कसले भनेर राख्दियो ?’उहाँको प्रश्न थियो । 

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उहाँले यसै वर्ष धान खेतीमा राख्ने रासायनिक मल अभाव भएको बताउनुभयो । 

उहाँले अहिलेको बजेटलाई सुन्निएको बजेटको शंज्ञा दिनुभयो ।  ‘सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले भन्नुभयो ‘यो बजेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ५ : ३४ बजे