काठमाडौं । एमाले सांसद लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मालाई काठमाडौंबाट चितवन कसरी एक घण्टामा पुगिन सकिन्छ भनेर प्रश्न गर्नुभएको छ ।
बुधबार संसदमा बजेटमाथिको छलफलमा सहभागी हुनुहुँदै उहाँले आवश्यक बजेट नै नछुटाई एक घण्टामा चितवन पुग्ने सडक बनाउँछु भन्नु हावा दारी भएको बताउनुभयो ।
उहाँले हेलिकोप्टरमा झुन्डेर एक घण्टामा चितवन पुग्न खोजिएको हो भन्दै अर्थमन्त्रीलाई प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो,‘अर्थमन्त्रीज्यू काठमाडौंबाट चितवन एक घण्टामा हेलिकोप्टरमा झुन्डेर जानुहुन्छ? के भन्न खोज्या हो? कति बजेट छुट्टाएको छ?’,उहाँको प्रश्न थियो।
पण्डितले अहिलेको बजेट हावादारी भएको आरोप लगाउनुभयो । उहाँले अहिलेको बजेटले हुने खाने र निजी क्षेत्रलाई मात्र सम्बोधन गरेको बताउनुभयो । उहाँले बजेटमा जनतालाई गुलियो नारा बाहेक अरू केही नदिइएको आरोप लगाउनुभयो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ४ : ५५ बजे
प्रतिक्रिया