पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी हुनुभएको हो ।
महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी हुनुभयो । उहाँहरू सबैले ८६ मत पाउनुभयो ।
दलित तथा अल्पसङ्ख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी हुनुभएको छ । दियालीले सर्वाधिक ८७ मत पाउनुभयो । उहाँले एक मत गठबन्धनको खोस्न सफल हुनुभएको हो ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ४ : ३५ बजे
प्रतिक्रिया