माओवादीका निर्वाचित जनप्रतिनिधिलाई होटल हिमालयमा रात्रिभोज 

काठमाडौं । माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि रात्रिकालीन भोजको आयोजना गरेको छ। 
दुई दिने प्रशिक्षणका लागि काठमाडौंमा भेला भएका जनप्रतिनिधिहरुलाई ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा रात्रिभोज दिन लागिएको हो । 

पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा माओवादी केन्द्रले यसबारेमा जानकारी दिएको हो ।  
हालै सम्मपन्न स्थानीय तह निर्वाचनमा माओवादीले  १२१ पालिकामा विजयी हासिल गरी तेस्रो दल हैसियद बनाएको छ।  प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम छ।
 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : ३१ बजे