सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै फर्कियो

काठमाडौँ । काठमाडौँबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाई जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको हो ।  आज बिहान १० बजेर ४३ मिनेटमा भद्रपुरका लागि उडेको जहाज बीचबाटै फर्किएको हो । 

विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ । 

 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ३० बजे