डायलासिस गर्न मेसिन छैन, सरकारको भत्ता पाउनुअघि बिरामीको मृत्यु हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताउनुभयो । 

“क्यान्सर, मिर्गौला रोगीलाई पाँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु  र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।”

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ११ : ५१ बजे