सडक यातायात क्रमशः सहजतातर्फ

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

मुग्लिन । चितवनमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । 

उनको सनाखत हुन सकेको छैन । 

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ५० बजे