काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब हेलिकप्टरमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई) देखि लागू हुने गरी निर्णय भएको उहाँले जानकारी दिनु भयो ।
हेलिकप्टरमा एक जना पाइलटले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको कर्णले भन्नुभयो, ‘अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको छ ।’
नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनु भयो ।
प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ९ : १० बजे
प्रतिक्रिया