आज वर्षाको सम्भावना

प्रधानमन्त्री देउवाले २०५८ सालमा संसद विघटन गर्दा सरकार र सत्ता कसलाई बुझाउनुभयो ? : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २०५८ सालमा संसद विघटन गर्दा सरकार र सत्ता कसलाई बुझाउनुभयो भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलबार बजेटमाथिको छलफल कार्यक्रममा सहभागि हुँदै उहाँले भन्नुभयो, ‘२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गर्नुभयो । सर्वोच्चले संसद पुनस्र्थापित गरिदिएपछि मनमोहनजीले सरकार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर हस्तान्तरण गर्नुभयो । किन भने देउवा नेपाली कांग्रेसको नेता हो ।’ उहाँले थप्नुभयो, ‘अस्ति केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि देउवालाई नै हस्तान्तरण गर्नुभयो । तर, २०५८ सालमा देउवाले संसद विघटन गर्दा उहाँले कसलाई सरकार र सत्ता हस्तान्तरण गर्नुभयो ?

एमाले अध्यक्ष ओलीले गरेको संसद विघटनको कुरा हरेकपल्ट सदनमा उठ्दा आफूलाई दुःख लागेको उहाँको भनाई थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : ५२ बजे