आज वर्षाको सम्भावना

कमिसन नआउने देखेपछि जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाउनुभएको छ ।

मंगलबार बजेटको शैदान्तिक छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले तमोर जलासय युक्त आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुभएन । किन भने त्यो बनाउँदा कमिसन आउने ठाउँ छैन । त्यहाँ मुआब्जा दिने कम बस्ति छन् । कमिसन नआउने भएर नै त्यो आयोजना सरकारको प्राथमिकतामा परेन ।’

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : ३३ बजे