आज वर्षाको सम्भावना

सामाजिक सुरक्षा भत्ता ५ हजार किन पारिएन ? : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता ४ हजारबाट पाँच हजार किन नबनाएको भनेर प्रश्न गर्नुभएको छ । 

आज प्रतिनिधि सभामा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा १५ प्रतिशत तलब वृद्धि गरिएको ठिकै भए पनि यो तलब वृद्धिले न्यून तलब हुनेहरूलाई त्यसले न्याय गर्छ भन्दै प्रश्न गर्नुभयो। उहाँले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभयो। 

‘तर यति धेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था हो भने सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्‍याएको ?’ पौडेलले भन्नुभयो । उहाँले हिजो एमाले र माओवादीको संयुक्त सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने भनेर भनिएको भन्दै त्यही बेला पनि हालका अर्थमन्त्री त्यस बेलाको सरकारमा रहेको भन्दै अहिले त्यो कुरा किन बेवास्ता गरिएको भनेर प्रश्न गर्नुभयो । 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : २९ बजे