काठमाडौं । ट्यांकर पल्टिएर अवरुद्ध रहेको पोखरा विमानस्थल संचालनमा आएको छ ।
पोखरा विमानस्थलमा जहाजको इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान एक घन्टा अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए।
क्रेन ल्याएर पल्टेको ट्यांकर उठाएपछी र तेल पोखिएको स्थानमा सफा गर्ने काम सकिएपछी विमानस्थल संचालनमा आएको छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ९ : २८ बजे
प्रतिक्रिया