सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

तारा एयर दुर्घटना : थप १० जनाको शव आज काठमाडौं ल्याइने

काठमाडौं – तीनदिन अघि दुर्घटनामा परेको तारा एयरको जहाजमा निधन भएकाहरु मध्ये १० जनाको शब आज काठमाडौं ल्याइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कोवाङमा १० वटा शव दुर्घटनास्थलबाट पुर्‍याइएको छ। हिजो १० वटा शव काठमाडौं ल्याइसकिएको छ।

बाँकी १० वटा शव काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना हुँदा चालक दलका ३ जना सहित २२ जनाको मृत्यू भएको थियो ।

आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो। एउटा शव हालसम्म नभेटिएकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

हिजो साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा शव ल्याइएको थियो।

ती शवहरु पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ४४ बजे