काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।
‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको एनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत भन्नुभएको छ ।
तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ ।
‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ अध्यक्ष ओलीले भननुभएको छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ५ : १६ बजे
प्रतिक्रिया