आज वर्षाको सम्भावना

गोलप्रथा गर्दा एमालेका उम्मेदवार विजयी

उदयपुर – त्रियुगा नगरपालिका वडा-१० को वडाध्यक्षमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरी अध्यक्ष चयन गरिएको छ ।

वडाध्यक्षका उम्मेद्वार नेकपा एमालेका किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समान १ हजार ५३ मत आएको थियो ।

त्यसपछि गोलाप्रथा गर्दा पाण्डे विजयी हुनु भएको छ । बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो ।

त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : १७ बजे