हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन,परिमार्जन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

काठमाडौँ । अखिल नेपाल महिला संघ, सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन तथा परिमार्जन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक थममाया थापा र सञ्चालन आयोजक समितिका सचिव सुजिता शाक्यले गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.विन्दा पाण्डेको मुख्य प्रस्तुति रहेको थियो । कार्यक्रममा नेकपा एमाले मोर्चा संगठनका इन्चार्ज भानुभक्त ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । 

सल्लाहकार परिषद्का उपाध्यक्ष गोमा देवकोटा, पार्टी र अखिल नेपाल महिला संघका नेताहरूले  विषयकेन्द्रित विचार राख्नुभएको थियो । 
 
प्रस्तुति र अन्तर्क्रियामा हिंसाको परिभाषा, मुलुकी अपराध संहिता २०७४ का प्रावधान, हिंसाका घटना, परिपूरण सम्बन्धी कामहरू आदि विषय रहेको थियो । संशोधन प्रस्तावमा मिलापत्र गर्न नहुने, गराएमा सजाय हुने, जरिवानाको रकम पीडितलाई दिनुपर्ने आदि संशोधन प्रस्ताव अघि सारिएको छ ।  हदम्याद सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासको अवस्थाबारे पनि चर्चा गरिएको थियो । हदम्यादबारे पुनरावलोकनको माग गरिएको छ । जसमा उमेर अनुसार फरक व्यवस्था हुनुपर्ने, हाडनाता करणीका सन्दर्भमा हदम्याद हटाउनुपर्ने प्रस्ताव गरिएको छ । 

प्रस्तुतिका क्रममा अपराधको प्रकृति हेरी पीडकलाई निम्नानुसार सजायको व्यवस्था हुनुपर्ने प्रस्ताव अघिसारिएको छ :

१.रासायनिक वन्ध्याकरण
२.श्रमशिविर सहितको कारावास 
सर्वस्व सहित कारावास 
३.आजीवन कारावासको व्यवस्था गर्नुपर्ने माग रहेको छ ।
महिला हिंसा रोकथामका लागि पालिकाको पहलमा सामाजिक संघसंस्था, विद्यालय, क्याम्पस आदिलाई समेटेर कानुनी सचेतना अभियान सञ्चालन गर्नपर्ने सुझाव रहेको छ । 
सचेतना विस्तार, कडा कानुनी प्रावधान र प्रभावकारी कार्यान्वयनसमेतको माध्यमबाट संरचनागत सुधार गरी पीडितमैत्री राज्य संरचना निर्माण गर्नुपर्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ३३ बजे