हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

रगत सङ्कलन अभियान

वीरगञ्ज। पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न  सङ्कलन अभियान थालिएको  छ  । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो । 

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ  । 

अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्नाबापत रगत लिएर रगत दिने काम भइरहेको छ  भने आवश्यकता अनुसार विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो  । रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो  । 

चिनी  कारखाना सञ्चालन गर्ने

आर्थिक वर्ष २०७९÷८० को बजेटमा करिब दुई दशकदेखि बन्द रहेको पर्सास्थित वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने योजना समावेश भएको  छ  ।

 वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना समेत पुनः सञ्चालन गर्ने कार्यक्रम बजेटमा समेटिएको हो । बजेटमा ति दुबै उद्योगहरुलाई  उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने जनाईएको  छ ।  पर्सा, बारा र रौतहटका झण्डै २० हजार किसान आश्रित रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक वितिसकेको । रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ सालदेखि सञ्चालनमा ल्याएको वीरगञ्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको थियो  । चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औँजार कारखाना पनि दुइ दशकदेखि नै बन्द छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ०६ बजे