आज वर्षाको सम्भावना

नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने बालेन्द्र साहको पहिलो निर्णय

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकलाई लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने निर्णय गरेका छन्।

आज सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन्।

पदभार ग्रहण गरेपछि प्रतिक्रिया दिँदै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : २३ बजे