आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तारा एयरको विमान दुर्घटना अपडेट : १६ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौँ । मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार २२ मध्ये १६ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार दुर्घटनामा ज्यान गुमाएका १६ जनाको शव भेटिएको हो।

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान दुर्घटना भएको हो। उक्त विमानमा एकै परिवारका सातसहित १९ जना यात्रु र चालक दलका तीन जना सवार थिए।

दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयबासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन्। उनीहरुले १६ जनाको शव भेटे पनि ती शवको पहिचान खुल्न सकेको छैन। विमानमा सवार केही यात्रुका बारे अझै जानकारी आएको छैन।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ४४ बजे