‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

मेयर साहले सुरुमा नेपाली भाषामा शपथ लिनुभएको थियो भने त्यसपछि नेपाल भाषामा शपथ लिनुभएको थियो । 

त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले समेत पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ  ।

 

उपमेयर डङ्गोललाई मेयर साहले शपथ ग्रहण गराउनुभएको हो । उपमेयर डङ्गोलले भने नेपाल भाषामै शपथ लिनुभएको छ  । मेयर साहले नेपाली भाषामा शपथ ग्रहण गराउँदा डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको हो  । 

मेयर साहले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ३३ बजे