सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

तारा एयरको विमान दुर्घटना अपडेट : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । 

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । 

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा आइतबार बिहान भएको हो । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : १९ बजे