हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

गणतन्त्र दिवसमा कागेश्वरी मनोहरामा वक्तित्वकला प्रतियोगिता

काठमाडौँ।  कागेश्वरी मनोहरा नगरपालिकाले १५औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नगरपालिकाभित्रका नौ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । 

प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालयकी छात्रा सतिस्मा खड्का पहिलो हुनुभयो । आनन्द भैरवकै विष्णु नेपाली दोस्रो तथा गान्धी आदर्श विद्यालयका अर्जुन कोइराला तृतीय हुनुभयो । नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलाई क्रमशः रु आठ हजार पाँच सय, रु चार हजार सात सय ५० र रु तीन हजार दुई सय ५० पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गर्नुभएको थियो । 

सो अवसरमा कागेश्वरी मनोहरा घर भई विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित प्रमुख कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गरिने  बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नगरवासीलाई सुशासनको प्रत्याभूति दिलाइने बताउनुभयो । 

कार्यक्रममा कागेश्वरी मनोहरा–६ का वडाध्यक्ष प्रकाश फुयालले समृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर दुईका सभापती कविर शर्मा फुयाल, सम्मानित पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकारद्वय अजय फुयाल, राधेश्याम दाहाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 
 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३९ बजे