आज वर्षाको सम्भावना

‘सरकार कर्मकाण्डी धन्दामा लाग्यो’ : शरेस नेपाल

काठमाडौँ । वाग्मती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री शरेस नेपालले बागमती प्रदेशले प्रस्तुत गरेको ‘नीति तथा कार्यक्रम’मा सुकुम्वासी भूमिहीन नागरिकको नामै लिन नचाहेको बताउनुभएको छ । शुक्रवारबाट सुरु भएको प्रदेश सभाको दशौँ अधिवेशनमा शनिवार बोल्दै नेपालले किसान,श्रमिक,गरिब,उत्पीडित,सुकुम्वासीको पक्षमा नामै लिन नचाहेको बताउनुभएको हो । 

उहाँले अहिलेको सरकार सिद्धान्तबाट पनि विचलित भएको बताउनुभयो । ‘जनतालाई सहुलियतका कुरा,उत्पादकसँग जोड्ने कुरा केही छैन यो सरकार त सिद्धान्तबाट पनि विचलित भइसक्यो’,उहाँले भन्नुभयो । 

उहाँले अहिलेको सरकार अघिल्लो सरकारको नीति कार्यक्रम कपि पेस्ट गरेको र कर्मकाण्डी धन्दामा लागेको आरोप लगाउनुभयो । ‘यो सरकार कर्मकाण्डी सरकार भयो अघिल्लो नीति कार्यक्रममा जे जे थियो त्यही कपि पेस्ट छ’,उहाँले भन्नुभयो । 

उहाँले अहिलेको सरकार सङ्कटमा रहेको समेत बताउनुभयो । 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : २२ बजे