हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

तारा एयरको जहाज मुस्ताङको कोवाङमा फेला पर्‍यो

काठमाडौं।  सम्पर्कविहीन भएको तार एयरको ट्विनअटर मुस्ताङको कोवाङमा देखिएको छ।  विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको  कोवाङ गाउँमा  फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयाे।

नेपाली सेनालेको  टोलीले पनि हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको पुष्टि गरेको छ । 
मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ ।

घटनास्थल पहिचान भएपनि अवस्था बारे यथार्थ विवरण भने आउन बाँकि रहेको महाप्रबन्धक  ठाकुरलेउहाँले जानकारी दिनुभयाे ।  

पोखरा विमानस्थलबाट आइतबार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको थियो।

जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको थियो।

केहि घण्टा अगाडी नेपाल टेलिकमको ट्र्याकर सिस्टमले लार्केमा एउटा फोन नम्बर ट्र्याक गरेको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ०६ बजे