‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

किसानलाई कृषि सामग्री वितरण

रामपुर।  रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई  कृषिजन्य सामग्री सहयोग गरेको छ ।

५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएको ।  आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताउनुभयो । 

कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।

रम्भामा निःशुल्क दुर्घटना बीमादेखि एकल पुरूषलाई भक्ता

जिल्लाको रम्भा गाउँपालिकाले निःशुल्क दुर्घटना बीमा र एकल पुरुषलाई भक्ता दिने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार ग्रहण गर्दै पालिकावासीको हितका लागि दुर्घटना बीमादेखि एक पुरुषलाई भक्ता दिने कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो । 

गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रु एक लाखसम्मको दुर्घटना बीमा गर्ने गरिने छ । दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको रु एक लाख वा मृत्यु भएमा घरपरिवार आफन्तलाई रु एक लाख रकम गाउँपालिकाले प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । 

गाउँपालिकाले निकालेको तथ्याङ्कअनुसार रम्भामा २५ हजार ९९० जनसङ्ख्या रहेको छ । उनीहरु सबैको दुर्घटना बीमा हुनेछ । यसअघि पनि गाउँपालिका भित्रका विद्यार्थी, शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा कार्यक्रम पालिकाले ल्याएको थियो ।

यहाँ रहेका सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णयसमेत भएको छ । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए  ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ५० बजे