राजमार्गमा दृष्य एक, पीडा अनेक

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । 

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । 

जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको पोखरा विमानस्थलले जनाएको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ । अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । 

यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

थप विवरण आउन बाँकी

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ५४ बजे