काठमाडौं – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।
अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिनु भएको थियो । भोली सरकारले संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ९ : १५ बजे
प्रतिक्रिया