काठमाडौं । पूर्वमन्त्री पद्मा कुमारी अर्यालले देशमा यतिबेला रासायनिक मलको चरम अभाव रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रमबारे छलफलमा बोल्दै मन्त्री अर्यालले अघिल्लो सरकारको पहलमा आएको मल बाहेक यो सरकारले एक गेडो पनि थप मल भित्र्याउन नसकेको बताउनुभयो । उहाँले यो सरकारले कृषि क्षेत्रमा नयाँ पन र नयाँ कार्यक्रमसमेत ल्याउन नसकेको बताउनुभयो ।
‘रासायीनीक मल नपाएर आज किसानहरू किसानहरू छटपटाई रहेका भन्दै उहाँले सरकारले त्यतातर्फ कुनै ठोस कदम चाल्न नसकेको बताउनुभयो । ‘आज देशव्यापी रूपमा रासायनिक मलको अभाव सृजना भएको छ, यस सरकारले केही गर्न सकेन । अघिल्लो सरकारले किसानहरूको हितका लागी दुई ढङ्गले सोचेको थियो, एउटा भनेको तत्कालको निम्ति के गर्ने भन्ने र अर्को दीर्घ कालको समस्याको निम्ति के गर्ने भन्ने’ उहाँले थप्नुभयो तत्कालको निम्ति सरकारले बहुवषीय जुटुजी प्रक्रियाबाट अन्य मुलुकहरू सित सरकार स्तरको सम्झौता गर्ने र मल ल्याउने तर वर्तमान सरकार आएपछि एक दाना पनि रासायनिक मल भित्रिएको छैन ।’ वर्तमान सरकारले अघिल्लो सरकारले लगाएको ठेक्का रद्द गर्ने र नयाँ प्रक्रियाहरू समेत सुरु नगर्दा धान रोप्ने बोलमा मलको चरम अभाव देखिएको बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रममा उत्पादन बढाउने भनेर उल्लेख गरेको बताउँदै अर्यालले बिना मल उत्पादन बढाउन नसकिने बताउनुभयो । ‘मल नहुँदा कृषिमा उत्पादन घट्ने देखिन्छ । म यस सभामा राख्न चाहन्छु, धान रोपाई भन्दा अगाडि नै मल ल्याइयोस्’ अर्यालले प्राकृतिक प्रकोपबाट कृषिमा क्षती भएका किसानहरूलाई तत्काल राहत दिन माग गर्नुभयो ।
प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ३ : ५५ बजे
प्रतिक्रिया