दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।

नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले शुक्रबार छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै वस र एम्बुलेन्स हस्तान्तरण गर्नुभएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । तत्कालीन जिल्ला विकास समितिले विसं २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियोे ।

जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताउनुभयो । गुम्बालगायतको संरचना निर्माणमा करिब रु सात करोड खर्च भएको उहाँको भनाइ थियोे । सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ ।

कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गर्नुभयोे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १ : ०५ बजे