आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

जेठ १० गते बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत  गर्नुभएको थियो ।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहनुभएको छ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : २१ बजे