माथिल्लो मनाङमा हिमपात

स्पाई–क्यामेरा सहितको ऐना बच्ने एक व्यक्ति पक्राउ

काठमाडौं। महिलाहरुलाई स्पाई–क्यामेरा जडान गरिएको ऐना बेच्ने एक व्यक्ति पक्राउ परेका छन् ।

चीनको ग्वाङदोङ प्रान्तका झाङ थर भएका एक व्यक्ति सयौं महिलाहरुलाई स्पाई–क्यामेरा जडान गरिएको ऐना गिफ्ट दिएको र बेचेको अभियोगमा पक्राउ परेका हुन् ।

झाङले भर्खरका युवतीहरूलाई स्पाई–क्यामेरासहितको ऐना उपहारमा दिने र बेच्ने गरेका थिए। ती व्यक्तिले त्यस्ता स्पाई क्यामेरासहितको सामग्री हालसम्म २१० वटाभन्दा बढी बेचिसकेको जनाइएको छ। ऐनाभित्र चारवटा क्यामेरा र ३२ जिबीको मेमोरी कार्ड समेत भेटिएको थियो ।

झाङले एक लाइभ स्ट्रिमर महिलालाई ऐना उपहारमा दिएका थिए। उनले महिलालाई नग्न हुँदा सो ऐना हेर्नुपर्ने बताएपछि महिलालाई  शंका लागेर ऐनामा खोज तलासी गर्दा उक्त कुरा पत्ता लागेको थियो ।

झाङले सयौं महिलालाई त्यस्तो ऐना बेचेर अथवा उपहार दिएको र नग्न फोटो र भिडिओ खिचेको हुनसक्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ५ : ३२ बजे