आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

​​​​​​​काठमाडौँ ।  राष्ट्रिय सभामा बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै  संकल्प प्रस्ताव दर्ता भएको छ । सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराउनुभएको हो । 

प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह (गरिमा), शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहनुभएको छ । 

प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग राखिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ५ : ०५ बजे