आज वर्षाको सम्भावना

भरतपुर महानगरपालिकाकी प्रमुख  रेनु दाहाल अस्पताल भर्ना

​​​​​​​काठमाडौँ – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख  रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

महानगरपालिकाकी प्रमुख दाहालको सवारी दुर्घटनामा परेपछि उनीलाई सुमेरु अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै प्रमुख दाहालको सवारी दुर्घटनामा परेको थियो ।

गाडीको टायर पञ्चर भएपछि पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ०९ बजे