दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एलपी ग्यास बोकेको बुलेटमा आगलागी, ग्यास भने सुरक्षित

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ ।

आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो । भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो । बुलेटमा लागेको आगोले बिजुलीको तार तातेर लत्रिएपछि एउटा पोल सडकमा ढलेको थियो ।

पोल हटाएर बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । 

उक्त ग्यास बुलेट भारतको उडिसास्थित पैरवी ग्यास कम्पनीबाट धादिङस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको उनले बताए । बुलेटको ब्रेक फेल भएपछि सडक छेउमा रोकेर राखिएको हो । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५६ बजे