आज वर्षाको सम्भावना

पुनः निर्वाचन गराउने आयोगको निर्णय प्रति एमाले आन्दोलित

बाजुरा – निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाका जनताको जनमतविरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुरा आन्दोलनमा उत्रेको छ ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना नगरी पुनः निर्वाचन गराउने निर्णय प्रति एमालेले आन्दोलन गरेको नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

एमालेले बुढीगंगा नगरपालिकाका जनताको मतको कदर नगरी सत्ता र शक्तिका भरमा गरेको निर्णयप्रति साँफे मार्तडी सडक खण्ड शुक्रबार बिहानदेखि डाव बजार हुँदै बल्देसम्म सडक अवरुद्ध गरेका छ ।

निर्वाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाभरीको निर्वाचनलाई रद्ध गरेर पुनः निर्वाचन गराउन विज्ञप्ती निकालेको छ । नेपाली कांग्रेले २, ३, ५ र ९ नम्वरमा एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै आएको छ। भने कांग्रेशले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप छ ।

एमालेले जनताले गरको मतदानको कदर गर्दै यथासिघ्र मतगणना हुनुपर्ने माग राख्दै आएको छ भने कांग्रेसले पुनः निर्वाचनको माग राख्दै आएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सुरक्षा ब्यवस्थामा गम्भिर लापरवाही गरेकोले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएपी चतुरभुज ओझा र सशस्त्र प्रहरीका प्रमुख डिएपी दिपक बिष्टलाई तीन दिन भित्र हटाउन निर्णय गरेको छ ।

साँफे मार्तडी सडक अवरुद्ध गर्दै दिनेश थपलीया मुर्दावाद, निर्वाचन आयोग मुर्दावाद, परमादेशी सरकार मुर्दावाद, जिल्ला प्रशासन कार्यालय मुर्दावाद नारासहित नगरवासी सडममा उत्रेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ४५ बजे