आज वर्षाको सम्भावना

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा  केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो ।

बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति  छ । 

बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएको छ ।   प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नुहुनेछ । 

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : २९ बजे