दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते 

डोटी । डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । 

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । 

घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ । 

जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ०७ बजे