आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बारामा ३५ केजी गाँजासहित दुई जना पक्राउ 

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब ३५ केजी गाँजा सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् । 

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरिएको हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ३५ बजे