आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जितपछि बालेनले भने : ‘काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउन लाग्नेछु’ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेन्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताउनुभएको छ । 

शुक्रवार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रूपमा लिएको बताउनुभयो ।

उहाँले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो, “‘काठमाडौँ महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौँलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेको छु ।”

स्वतन्त्रबाट उठ्नुभएका साहले काङ्ग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित हुनुभएको हो । उपमेयरमा एमालेकी सुनिता डङ्गोल विजयी हुनुभएको छ । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ५४ बजे