दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

अर्घाखाँची । सन्धिखर्क–४ वाङला अमल डाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । 

गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट् नेपालीको बिहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । 

चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : ५५ बजे