आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली छ भने प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०७९ जेठ १३ गते (शुक्रवार)
दिउँसो :
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १४ गते (शनिवार)
दिउँसो :
प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १५ गते (आइतबार)
​​​​​​​दिउँसो :
देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ  र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ  र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : २७ बजे