आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्रका शाह  र उपप्रमुखमा एमालेका डङ्गोल निर्वाचित 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र र उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोल  निर्वाचित हुनुभएको छ  । 

महानगरपालिकाको प्रमुखमामा  स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७६७ मत ल्याइ विजयी हुनुभएको हो 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनुभयो । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनुभयो ।

त्यसैगरी उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोल  निर्वाचित हुनुभएको छ  । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : ११ बजे