आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलाले संकट ल्याउँछ : शंकर पोखरेल

काठमाडौं  – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाराको निजगढमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिनु विकास विरोधी काम भएको बताउनु भएको छ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत भएको बताउनु भएको हो ।

महासचिव पोखरेलले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वोच्चको फैसलामा आपत्ति प्रकट गर्नु भएको छ । सर्वोच्चको यो फैसला कार्यकारी (सरकार)को काममा हस्तक्षेप भएको पनि उहाँले बताउनु भएको छ ।

महासचिव पोखरेलले भन्नुहुन्छ, ‘कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो हो। यस निर्णयले काठमाडौं-निजगढ फास्ट ट्र्याकको लगानीलाई समेत डुबाउने छ। यससँगै मुलुकलाई आर्थिक संकटमा पनि फसाउने छ। गम्भीर र जिम्मेवार बनौँ।’

बिहीबार मात्रै निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वोच्चले बदर गरेको थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : ०४ बजे