आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ३१ बजे