यस्तो छ आजको विनिमय दर

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ   

मोरङ । आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : २४ बजे