दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ५५ बजे