आज वर्षाको सम्भावना

मूल्यवृद्धिविरुद्ध आन्दोलन :अनेरास्ववियुका नेताहरू रिहा

हेटौंडा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ पर्नुभएका अनेरास्ववियुका नेताहरू रिहा हुनुभएको छ । 

हेटौंडामा बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ पर्नुभएका विद्यार्थी नेताहरू रिहा हुनुभएको हो । 

अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे पक्राउ पर्नुभएको थियो । मूल्यवृद्धिविरुद्धको अनेरास्ववियुको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारीहरूलाई आवतजावतमा रोक लगाउनले क्रममा उहाँहरू पक्राउ पर्नुभएको थियो । 

उहाँहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिनुभएको छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : १६ बजे