आज वर्षाको सम्भावना

वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई अध्यक्ष ओलीको चुनौती

काठमाडौँ।  एमाले अध्यक्ष केपी ओलीले वाइड बडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिनुभएकाे छ। 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइड बडी, ३३ किलो सुन काण्ड छानबिन गर्न चुनौती दिनुभएकाे हाे। 

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भन्नुहुँदै, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भन्नुभयो, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’ 

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिनुभयाे। ‘म माथि औला ठड्याउनुभन्दा अगाडि कुनै महानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु- गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रस्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काेको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : २५ बजे